पनौती जेसीजको अगुवाईमा वृक्षारोपण कार्यक्रम

पनौती ।  सम्पन्न भएको छ । पनौती जेसिज,पनौती जुनियर जेसिज, इन्द्रेश्वर क्याम्पस तथा पनौती सोसाइटी ग्रूपको संयुक्त आयोजनामा ५० औँ विश्व वातावरण दिवसका लागि पनौती नगरपालिका ७ मा रहेको को:खुसीको बगैंचामा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो ।

५० औं विश्व वातावतरण दिवसको अवसर पारेर वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको पनौती जेसिजका अध्यक्ष राजेन्द्र महाजुले बताए ।

उक्त कार्यक्रम संयोजक उपाध्यक्ष इन्दिरा नापितका अनुसार पनौती जेसिजको २५ वसन्तको अवसरमा २५ वटा  विरुवा रोपिने योजना अनुसार कागती लगाएतका अमिलो जातका बिरुवा रोपेको छ । वातावरण स्वच्छ र सफा राख्नुपर्ने सन्देशसहित उक्त कार्यक्रमको आयोजना गरिएको उपाध्यक्ष इन्दिरा नापितले बताईन ।