इन्देश्वर क्याम्पसमा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम

logo correct

काभ्रेपलाञ्चोक जिल्लाको दक्षिणी भेगको शैक्षिक धरोहर इन्द्रे्रश्वर क्याम्पस पनौतीले मिति २०७८ चैत्र २५ गतेका दिन शैक्षिक शत्र २०७९ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत, शैक्षिक सत्र उत्तिर्ण बिद्यार्थीहरुलाई बिदाई, नयाँ शैक्षिक भित्तेपात्रो लोकार्पण तथा नयाँ वर्ष २०७९ को पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम समपन्न गरेको छ । इन्द्रेश्वर क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री तुयुकाजी ताम्राकारको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजेश कुमार श्रेष्ठ, कोषाध्यक्ष भिमसेन बस्नेत, सदस्यहरु केशव थापा, नव आगन्तुक विद्यार्थी सरिता थापा लगायतका महानुभावहरुले उच्च शिक्षाको मर्यादा तथा क्याम्पसका विशेषताहरुका बारेमा बोलेका थिए । इन्द्रेश्वर क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री तुयुकाजी ताम्राकारले पानसमा दिप प्रज्जलन गरि कर्याक्रमको उद्घाटन गर्नुभएको थियो ।
क्याम्पसका सञ्चालक समितिका पदाधिकारीहरुबाट संयुक्त रुपमा क्याम्पसको नयाँ वर्षको शैक्षिक भित्तेपात्रा लोर्कापण गरिएको थियो । शैक्षिक शत्र २०७९ मा अध्ययन गर्न आउनु भएका नव आगन्तुक विद्यार्थीहरुलाई खादा र अविर लगाएर स्वागत गरिएको थियो । उक्त अवसरमा इन्द्रेश्वर क्याम्पस पब्लिक क्याम्पस प्राध्यापक संघको तर्फबाट नव नियुक्त क्याम्पस प्रमुख श्रीकुमार सुवाल र सहायक क्याम्पस प्रमुख जयराम कर्माचार्यलाई क्याम्पसमा गरेको योगदान स्वरुप कदर पत्र सहित सम्मान गरिएको थियो । विद्यार्थीहरुको वृत्तिविकासको लागि न्युनतम शुल्कमा गुणस्तरिय शिक्षा प्रदान गर्न इन्द्रेश्वर क्याम्पस प्रतिवद्ध रहेको र विद्यार्थीहरुको शैक्षिक तथा व्यवहारिक ज्ञान प्रदान गरि दक्ष र सक्षम नागरिक बनाउने इन्द्रेश्वर क्याम्पसको एकमात्र उद्देश्य रहेको क्याम्पस प्रमुख श्रीकुमार सुवालले बताउनु भयो ।