इन्द्रेश्वरमा अनुसन्धान पद्धति कार्यशाला समपन्न

IMG_20220618_165651

इन्द्रेश्वर क्याम्पस पनौतीको आयोजनामा ३ दिने अनुसन्धान पद्धति कार्यशाला गोष्ठि डायमण्ड हिल रिसोर्ट, पनौतीमा २०७९ असार ४ गते शनिवार समपन्न गरेको छ । काभ्रेपलाञ्चाक जिल्लाका सबै क्याम्पसका प्राध्यापकहरु ३५ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका प्राध्यापक डा दिलिप पराजुली, डा प्रकास श्रेष्ठ र डा मच्छिन्द्र थापाले श्रोत व्यक्तिको रुपमा सहजिकरण गरेका थिए ।
उक्त कार्यशालाको समापन समारोहमा सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्नु हुँदै प्रमुख अतिथि पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पनौती क्षेत्रलाई शैक्षिक गन्तब्य स्थलको रुपमा विकास गर्न नगरपालिका सदा प्रयत्नशील रहि रहने बताउदै नतिजामुखी रहन आग्रह गर्नुभयो ।
कार्यशाला समापन कार्यक्रममा इन्द्रेश्वर क्याम्पस सञ्चालक समितिका अध्यक्ष तुयुकाजी ताम्राकार, कोषाध्यक्ष भिमसेन बस्नेत, क्याम्पस प्रमुख श्रीकुमार सुवाल तथा सहभागीहरुको तर्पmबाट भवानी पाण्डे एबं श्रोत व्यक्ति प्राध्यापक डा. दिलिप पराजुलीले कार्यशालाको उद्धेश्य तथा अपेक्षाका बारेमा प्रकास पारेका थिए ।
उक्त कार्यशाला प्राध्यापकहरुको क्षमता अभिबृद्धि एबं बैज्ञानिक लेखन कौशल अभिबृद्धि तथा नबिन प्रबिधि विकास गर्ने उद्धेश्यले इन्द्रेश्वर क्याम्पसले बिश्व बिद्यालय अनुदान आयोग, सानोठिमीको सहयोगमा पहिलो पटक आयोजना गरेको हो ।