इन्द्रेश्वरमा अनुसन्धान विधिसम्बन्धी कार्यक्रम सम्पन्न

इन्द्रेश्वर क्याम्पसको आयोजनामा र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा जेष्ठ १० देखि १२ गतेसम्म स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुको Desertation Writing कार्यलाई सहजीकरण गर्ने र क्याम्पसमा अध्यापनरत प्राध्यापकहरुको वृत्तिविकासको उद्देश्य राखी MBS Dissertation and Article Writing विषयमा ३ दिने कार्यशालामा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डिन प्रा.डा. दिलिप पराजुली, सहप्राध्यापक डा. प्रकास श्रेष्ठ, उपप्राध्यापक मछिन्द्र थापाले विषयवस्तु माथि गहन प्रशिक्षण दिनुभएको थियो । काभ्रे जिल्लामा रहेका काभ्रे बहुमुखी क्याम्पस, तेजगंगा क्याम्पस, पार्वती बहुमुखी क्याम्पस, बेलर क्याम्पस, सञ्जीवनी क्याम्पस, धुलिखेल क्याम्पसहरुमा अध्यापन गर्ने प्राध्यापकको सहभागिता रहेको थियो ।
क्याम्पस प्रमुख श्रीकुमार सुवालले कार्यक्रममाथि प्रकाश पार्नुभएको उक्त कार्यक्रममा प्रा.डा. दिलिप पराजुलीले पानसमा दीप प्रज्वलन गरी शुभारम्भ गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तुयुकाजी ताम्राकार र सञ्चालन सहायक क्याम्पस प्रमुख जयराम कर्माचार्यले गर्नुभएको थियो । कार्यक्रमको समापनका दिन क्याम्पस व्यवस्थापन समितिका कोषाध्यक्ष भिमसेन बस्नेतले समापन गर्नुभएको थियो । उक्त कार्यक्रममा सहभागी प्राध्यापकहरुले कार्यक्रम प्रभावकारी र उपलब्धीमूलक रहेको प्रतिक्रिया दिनुभएको थियो ।