मिति २०८२ बैशाख २० गतेका दिन इन्द्रेश्वर क्याम्पसमा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा १ दिने “व्यवस्थापन शिक्षा र उदाँउदो चुनौतीहरु” विषयमा राष्ट्रिय गोष्ठी सम्पन्न भयो .
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डिन प्रा. डा. दिलिप पराजुली, सहप्राध्यापक डा. प्रकास श्रेष्ठ, उप प्राध्यापक डा.मछिन्द्र थापा र नेफ्स्कुन का कार्यकारी अधिकृत शिवजी सापकोटाले विषयवस्तु माथि गहन प्रशिक्षण दिनुभएको थियो । काभ्रे जिल्लामा रहेका काभ्रे बहुमुखी क्याम्पस, पार्वती बहुमुखी क्याम्पस, सञ्जीवनी क्याम्पस, दाप्चा श्रीकृष्ण क्याम्पस, निष्ट बनेपा कलेल, चैतन्य बहुमुखी क्याम्पस, बनेपा कलेज अफ म्यानेज्मेन्ट एन्ड आईटी, र पनौतीमा रहेका सहकारी संस्थाका कर्मचारी तथा व्यवस्थापन समितिका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
प्रशिक्षकहरु सहायक डिन प्रा. डा. दिलिप पराजुली, सहप्राध्यापक डा. प्रकास श्रेष्ठ, उप प्राध्यापक डा.मछिन्द्र थापा बाट व्यवस्थापनको परिभाषा, यसमा आएका नयाँ आयमहरुको चर्चा, उदाँउदो चुनौतीहरु र यसको निवारणका उपायहरु, बदलिदो विश्व परिवेश अनुसारको शिक्षा, शिप तथा सूचना प्रविधिको प्रयोगबाट सघं सगंठनहरुको व्यवस्थापनमा हुने फाइदाहरुको परिचर्चा गरियो ।
सहकारी क्षेत्रमा चलिआएका व्यवस्थापनका विषयमा प्रशिक्षक शिवजी सापकोटाबाट वर्तमान समयमा आएका समास्या र यसका सम्भावित उपायहरुको चर्चा गरियो ।
क्याम्पस प्रमुख श्रीकुमार सुवालले कार्यक्रममा उपस्थित सहभागीहरुलाई स्वागत गर्दे कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो । कार्यक्रमको अध्यक्षता क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तुयुकाजी ताम्राकार र सञ्चालन सहायक क्याम्पस प्रमुख जयराम कर्माचार्यले गर्नुभएको थियो ।। उक्त कार्यक्रममा सहभागी प्राध्यापकहरुले कार्यक्रम प्रभावकारी र उपलब्धीमूलक रहेको प्रतिक्रिया दिनुभएको थियो ।
यो ।