पनौती नगरलाई शैक्षिक हबको रुपमा विकसित गर्न सर्भेक्षण

पनौती नगरलाई शैक्षिक हबको रुपमा विकसित गर्न नीति, रणनीति एवं वजेट सहितको क्रियाकलप अघि बढाउनुका साथै समय अनुसार नयाँ÷नयाँ विषयको अध्ययन अध्यापन गराउनु पर्ने देखिएको छ ।
पनौती नगरपालिका र इन्द्रेश्वर क्याम्पसले हालै गरेको एक सर्भेक्षणले ८० प्रतिशत विद्यार्थिले स्थानीय स्तरमै उच्च शिक्षा हासिल गर्न चाहेको देखाएको हो । सर्भेक्षणका संयोजक एवं इन्द्रेश्वर क्याम्पसका सहायक प्रमुख जयराम कर्मचार्यका अनुसार मुख्य गरि नयाँ नयाँ विषयको अध्ययन नहुने भएको कारणले पनि नगरका विद्यार्थिहरु उच्च शिक्षाको लागि नगरबाट बाहिरिने गरेको पाइएको छ ।

पनौती नगर भित्र रहेको इन्द्रेश्वर, तेजगंगा र कुशादेवी तीन क्याम्पस मध्य इन्द्रेश्वर र तेजगंगामा मात्र स्नाकोत्तर सम्मको अध्ययन हुन्छ । यी दुई क्याम्पसको स्नाकोत्तर तहमा पनि शिक्षा र व्यवस्थापन संकायमा मात्र अध्यापन हुन्छ । स्नातक तहमा विज्ञान विषय छैन । पनौती नगरमा उच्च शिक्षा अध्ययन गर्न चाहने ६० प्रतिशत भन्दा बढी परिवारको आम्दानीको स्रोत कृषि रहेको पाइएकोले ती परिवारको आम्दानीको स्रोत बढाउन नगरले व्यवसायीक र आधुनीक कृषिमा ध्यान पु¥याउनुका साथै छात्रवृत्तिमा समेत चसो राख्नु पर्ने देखिएको छ ।

सर्भेक्षणका संयोजक कर्माचार्यका अनुसार गुणस्तरीय शिक्षा, रोजगारी, अभिभावकको शिक्षा, क्याम्पसको शुल्क, शैक्षिक संरचना, छात्रवृत्ति आदिलाई आधार मानेर विद्यार्थिहरुले उच्च शिक्षाको लागी क्याम्पस छनौट गरेको पाइएको छ । सर्भेक्षणले पनौतीमा भौतिक पुर्वाधार सन्तोषजनक पाइएको देखाएको छ । पनौतीमा इन्द्रेश्वर क्यामपस समुदायमा आधारित सामुदायीक सहभागिताको पहिलो क्याम्पस भएकोले सामाजिक उत्तरदायित्वको सम्झेर सर्भेक्षण गरिएको संयोजक कर्माचार्य बताउनुहुन्छ ।
सर्भेक्षणमा शैक्षिक योग्यता, विद्यार्थिको योजना, क्याम्पस छनौटको आधार, गुणस्तरीय शिक्षाको लागि सुझाव, स्थानीय सरकारले गर्नुपर्ने भुमिका, रोजगारीको स्थिति, आम्दानी आधार मानिएको थियो । सर्भेक्षणमा कक्षा १२ मा अध्ययनरत १ सय ६२ जना विद्यार्थि सहभागि थिए । सर्भेक्षणबाट पनौतीको शिक्षण संस्थामा पढ्न पढाउन, सिक्न सिकाउन, टिक्न टिकाउन, बिक्न बिकाउन प्रोत्साहन गर्ने सन्देश प्राप्त भएको संयोजक कर्माचार्य बताउनुहुन्छ ।
सर्भेक्षणबाट प्राप्त नतिजा सहितको प्रतिवेदन सोमबार नगरप्रमुख रामशरण भण्डारीलाई बुझाइएको छ । सर्भे रिपोर्ट बुझ्दै नगरप्रमुख भण्डारीले भन्नुभयो– पनौती नगरले शिक्षालाई विशेष प्राथमिकता दिएको र विद्यार्थिहरुलाई सिकाउ, टिकाउ र विकाउ को नीति लिएको छ । शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिका सबैसंग हातेमालो गर्दै अघि बढ्ने भन्दै उहाँले सामुदायीक विद्यालयहरुको गुणस्तर बढाउन पनि नगरले विशेष ध्यान दिएको बताउनु भएको थियो ।

News Source: epananepal.com
Photo: naulosamachar.com