इन्द्रेश्वर क्याम्पसले प्रकाशित “पुण्यवती जर्नल” तेस्रो संस्करणको लोकार्पण तथा मानव अधिकारः आजको सन्दर्भ नागरिक सम्वाद कार्यक्रम सम्पन्न ।

आज मिति २०८१ चैत्र १० गते इन्द्रेश्वर क्याम्पसबाट प्रकाशित “पुण्यवती जर्नल” तेस्रो संस्करणको लोकार्पण तथा मानव अधिकारः आजको सन्दर्भ नागरिक सम्वाद कार्यक्रम इन्सेक नेपालका महासचिव सहप्राध्यापक डा. श्री रघुनाथ अधिकारी ज्यूको प्रमुख आतित्थ्यता र क्याम्पस सञ्चालक समितिको अध्यक्ष तुयुकाजी ताम्राकार ज्यूको सभापतित्वमा र क्याम्पस प्रमुख श्रीकुमार सुवालकको विशेष उपस्थितिमा सम्पन्न गरियो । उक्त कार्यक्रममा व्यवस्थापन समितिका उपाध्यक्ष राजेश कुमार श्रेष्ठ, कोषाध्यक्ष भिमसेन बस्नेत लगायत सञ्चालक समितिका सदस्यहरु विभिन्न संघ सगठनका प्रतिनिधिहरु, शिक्षक कर्मचारी र विद्यार्थीहरु सहित ५५ जनाको उपस्थितिमा सम्पन्न भयो ।
क्याम्पस प्रमुख श्रीकुमार सुवालले कार्यक्रममा उपस्थित महानुभावहरुलाई स्वागत गर्दै कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै शैक्षिक क्षेत्रहरुले अुनसन्धानबाट उपलब्धिको रुपमा जर्नल प्रकाशन गरिएको जानकारी गराउनु भयो । आगामी दिनहरुमा शिक्षक विद्यार्थीबाट हुने अध्ययन अनुशन्धानलाई यस जर्नलमा समावेश गरिने कुरा बताउनु भयो ।
इन्द्रेश्वर क्याम्पसबाट प्रकाशित “पुण्यवती जर्नल” तेस्रो संस्करणको लोकार्पणको अवसरमा जर्नलको त्रिभुवन विश्वविद्यालयका डा. राजन विनायक पासाबाट समिक्षा तथा मुल्यांकन गरि यस जर्नलले पनौती लगायत स्थानिय क्षेत्रको अध्ययन अनुसन्धानमा अहम भुमिका खेल्ने कुरा बताउनु भयो र निरन्तर जर्नलको प्रकाशनले जर्नलको ख्याती पाउने कुरा प्रकाश गर्नु भयो ।
इन्सेक नेपालका महासचिव सहप्राध्यापक डा. श्री रघुनाथ अधिकारी ज्यूबाट पनौती जर्नलको लोकार्पण गरियो । प्रमुख अतिथि इन्सेक नेपालका महासचिव सहप्राध्यापक डा. श्री रघुनाथ अधिकारीबाट नेपालको मानव अधिकारको वर्तमान अवस्थाका बारेमा गहन विचार राख्नु भयो । उहाँले नेपालमा मानवअधिकार हनन हुने प्रमुख श्रेत्रहरु महिला हिंसा, घरेलु हिंसा, बालिका हिंसा र श्रमिक, जलवायु वातावरणको अधिकार र प्रदुसनको बारेमा आफ्नो विचार व्यक्त गर्नु भयो ।
कार्यक्रमको सभापती तुयुकाजी ताम्राकारले कार्यक्रममा उपस्थित सम्पूर्ण गन्यमान्य व्यक्तित्वहरुलाई धन्यवाद दिई क्याम्पसबाट प्रकाशित तेस्रो जर्नलले पनौती लगायत नेपालका शिक्षा,स्वास्थ्य, ऐतिहासिकता र पर्यतनका श्रेत्रहरुमा विशेष योगदान पुग्ने कुरा बताउनु भयो ।
कार्याक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख जयराम कर्माचार्यले गर्नु भएको थियो ।