

मिति २०८१ फागुन १६ गतेका दिन इन्द्रेश्वर क्याम्पसको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा पनौती नगरपालिका वडा नं. ५ स्थित स्वेतगणेश सामुदायिक भवन चौकोटमा १ दिने मानसिक स्वास्थ्य जनचेनता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरियो । ह्युमन नेपालका शान्ति दाहाल र पनौती नगरपालिका वडा नं. ५ का बालबालिका तथा महिला सहजकर्ता गिता तिमल्सिना दाहालबाट प्रशिक्षण गरिएको कार्यक्रममा त्यस क्षेत्रमा आमा समूह तथा महिला दिदि बहिनीहरुको उपस्थिति रहेको थियो । इन्द्रेश्वर क्याम्पसका प्रशासन प्रमुख राजेन्द्र महाजुले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थी, क्याम्पस प्रमुख श्रीकुमार सुवाल, र शिक्षकहरुको सहभागीता रहेको थियो ।
