मिति २०८१ मंसिर १६ गते आइतबारका दिन इन्द्रेश्वर क्याम्पस पनौतीमा रहेको विद्यार्र्थीमाझ साइबर सुरक्षा सम्बन्धि जनचेतना जगाउन १ दिने प्रशिक्षण दिने कार्य सम्पन्न गरियो । सो प्रशिक्षण काठमाण्डौ विश्वविद्यालय का लेक्चरल इन्जिनियर सुमन श्रेष्ठले प्रदान गर्नुभयो । इन्टरनेटबाट हुने विभिन्न अपराधिक गतिविधिहरुको बारेमा जानकारी दिइ सुरक्षित रुपमा इन्टरनेटबाट आवश्यक कार्य गर्ने बारे ज्ञानमुलक जानकारी दिनुभयो ।