इन्द्रेश्वर क्याम्पसमा जलवायु परिवर्तन यसका प्रभाव र न्युनिकरणको उपायहरु कार्यशाला गोष्ठी सम्पन्न

मिति २०८१ बैशाख ८ गतेका दिन इन्द्रेश्वर क्याम्पसमा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा १ दिने जलवायु परिवर्तन यसका प्रभाव र न्युनिकरणको उपायहरु कार्यशाला गोष्ठी सम्पन्न भयो ।
यस कार्यक्रममा विषय विज्ञ प्रशिक्षक सुभाष चन्द्र देवकोटा र सुजित कर्माचार्यबाट जलवायु परिवर्तन यसका प्रभाव र न्युनिकरणको उपायहरु बारेमा वर्तमान समयमा भइरेका बातावरणीय प्रभाग र बचाउका उपायबारे कार्यक्रममा उपस्थित क्याम्पसका विद्यार्थी, अभिभावक एवम् शिक्षकहरुलाई प्रशिक्षण प्रदान गर्नुभयो ।
कार्यक्रममा जलवायु परिर्वतन भनेको के हो ? यसले मानव जिवन कस्तो प्रभाव पारोको छ? यसलाई कसरी कम गर्न सकिन्छ? हाम्रो जिम्मोरी के हो? लगायतका विषयमा आफ्नु ठाउँबाट गर्न सकिने उपाहरुको जानकारी तथा विश्व वातावरणमा भइरहेको हरित ग्यासको विकासबाट तापक्रमको वृद्धिले नेपाललगायतका अतिकम विकसित देशका जनताहरुले भोगिरहेको समस्याहरु खानेपानीको अभाव, दुषित हावा, अतिवृष्टि र अनावृष्टिलगायतका समस्याहरुको पहिचान बारे जानकारी प्रदान गरियो ।
कार्यक्रमको बारेमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष तुयुकाजी ताम्राकारले यस्तो कार्यक्रमले फजुल खर्च गर्न सिकिने र विश्व वातावरणको पनि संरक्षण हुने कुराको ज्ञान प्राप्त भएकोले यसबाट विद्यार्थी, अभिभावक तथा शिक्षकहरुलई जिवनउपयोगी शिप सिकाई भएको जनाकारी दिनुभयो ।
क्याम्पस प्रमुख श्रीकुमार सुवालले विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगबाट क्याम्पसले जनजिवनको चासोको विषयमा जनचेतना जगाउने तथा क्याम्पसका समुदायको वृत्तिविकासका लागि यस्तो कार्यक्रमहरुको आयोजना गरिएको जानकारी दिनुभयो ।