इन्द्रेश्वर क्याम्पसमा नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान सम्पन्न

मिति २०८० चैत्र २८ गतेका दिन इन्द्रेश्वर क्याम्पस पनौतीमा नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा शैक्षिक गतिविधि समावेश गरिएको भित्तेपात्रोको विमोचन इन्द्रेश्वर क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष श्री तुयुकाजी ताम्राकारज्यूको सभापतित्वमा सम्पन्न भयो ।
अध्यक्ष तुयुकाजी ताम्राकारले विद्यार्थीहरुको शैक्षिक, व्यहारिक र व्यक्तित्व विकासको लागि क्याम्पसले गुणस्तरीय शिक्षा र अतिरित्त क्रियाकलापलाई संगसगै लगिरहेको र निकट भविष्यमा समायानुकुल परिमार्जन सहित क्याम्पसको विकासमा लाग्ने कुरा बताउनु भयो । आउदै गरेको नयाँ वर्ष २०८१ सालले नयाँ जोश जाँगर र उमंगको सञ्चार होस भनि शुभकामना व्यक्त गर्नुभयो ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष श्री तुयुकाजी ताम्राकार, क्याम्पस प्रमुख श्रीकुमार सुवाल, सहायक क्याम्पस प्रमुख जयराम कर्माचार्य र विद्यार्थी जया मगरातीबाट समुहिक रुपमा नयाँ वर्ष २०८१ को शैक्षिक भित्तेपात्रो विमोचन गर्नु भयो ।
कार्यक्रममा क्याम्पसमा अध्ययनरत विद्यार्थी, प्राध्यापक, कर्मचारी तथा व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।