इन्द्रेश्वर क्याम्पसमा ११४ औ नारी दिवसको अवसरमा महिला उद्यमशीलता कार्यक्रम सम्पन्न

मिति २०८० फागुन २५ गतेको दिन ११४ औ नारी दिवसको अवसरमा इन्द्रेश्वर क्याम्पसले समाजमा रहेका घरेलु महिला उद्यमीहरुको व्यवसाय अभिबृद्धि गर्नको लागि १ दिने समुदाय हातेमालो कार्यक्रम (Community  Outreach Program) अन्र्तगत महिला उद्यमशीलता (Women Entrepreneurship Program) कार्यक्रम विश्वविद्यालय अनुदान आयोगको सहयोगमा पनौती नगरापालिका वडा नं. ७ स्थित पनौती रेडक्रस भवनमा सुसम्पन्न भयो ।
यस कार्यक्रमको प्रशिक्षकको रुपमा इन्द्रेश्वर क्याम्पसका सहायक क्याम्पस प्रमुख श्री जयराम कर्माचार्य र महिला उद्यमी प्रशिक्षक गिता तिमल्सीना दाहालबाट सञ्चालन गरियो । कार्यक्रममा उद्यमीको परिचाय, उद्यम कसरी दर्ता गर्ने ? सरकारी निकायबाट के कसरी सहयोग प्राप्त गर्ने, बजार विस्तार, फेसबुक तथा अनलाइन रुपमा प्रचारप्रसार र विक्रि के कसरी गर्ने, लगानी कसरी जुताउने लगायतका महिला उद्यमीका समस्या र समाधानका विषयमा छलफल गरी कर्यक्रम सम्पन्न गरियो ।