इन्द्रेश्वर सहकारी सवांद सम्पन्न

439998157_1108503457123281_8774063158253577865_n

पनौती स्थित इन्द्रेश्वर क्याम्पसको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा यहि मिति २०८१ साल बैशाख १३ गते स्थानीय सहकारीसँग सहकारी सवालः चुनौती र अवसर विषयमा अन्तरसम्वाद कार्यक्रम आयोजना गरियो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष तुयुकाजी ताम्राकारको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पनौती नगरपालिकामा सञ्चालित विन्दवासिनी बचत तथा ऋण सहकारी संंस्था लि., सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि., ज्योती मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि., नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लि., उद्यमविकास बचत तथा ऋण सहकारी संस्था लि. रोशी बचत तथा ऋण सहकारी संस्था लि., इन्द्रेश्वर बचत तथा ऋण सहकारी संस्था लि., छिमेकी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा हाल सहकारीमा देखिएको समस्या र समाधानको उपायका साथै सहकारीले व्यक्ति, समाज र देशमा दिएको अवसरको बारेमा अन्तरक्रिया कार्यक्रममा छलफल भएको थियो ।
साथै सहकारी क्षेत्रमा रोजगारीको अवसर रहेको र विद्यार्थीहरुले समयसान्र्दभिक सिपहरु कम्प्युतर तालिम, प्रतिवेदन लेखन तालिम, सवारी साधन लाइसेन्स लगायतको सिपहरु सिक्नुपर्ने र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई सहकारी क्षेत्रमा इन्टरशिपमा गरि सहकारीको ज्ञान लिन सकिने कुरा गर्नुभयो ।